दफा १३
काठमाडौं उपत्यका भौतिक विकास समितिको गठन तथा काम, कर्तव्य र अधिकार

“१३.१ काठमाडौं उपत्यकाको विकासको लागि देहायका सदस्यहरु भएको एक काठमाडौं उपत्यका भौतिक विकास समिति गठन हुनेछः-

१३.१.१ सहरी विकास मन्त्री                        -अध्यक्ष

१३.१.२ सम्बन्धित प्रदेशको शहरी विकास हेर्ने मन्त्री -सदस्य

१३.१.३ सचिव, अर्थ मन्त्रालय                       -सदस्य

१३.१.४ सचिव, खानेपानी मन्त्रालय                   -सदस्य

१३.१.५ सचिव, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय                                                    -सदस्य

१३.१.६ सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय -सदस्य

१३.१.७ सचिव, राष्ट्रिय योजना आयोग                 -सदस्य

१३.१.८ सचिव, वन तथा वातावरण मन्त्रालय            -सदस्य

१३.१.९ सचिव, सहरी विकास मन्त्रालय                -सदस्य

१३.१.१० सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय -सदस्य

१३.१.११ सचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय    -सदस्य

१३.१.१२ सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय               -सदस्य

१३.१.१३   प्रमुख, काठमाडौं महानगरपालिका     -सदस्य

१३.१.१४    प्रमुख, ललितपुर महानगरपालिका     -सदस्य

१३.१.१५        प्रमुख, भक्तपुर नगरपालिका     -सदस्य

१३.१.१६ काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरू मध्येबाट मन्त्रालयले तोकेका तीनवटा नगरपालिकाका प्रमुखहरु             -सदस्य

१३.१.१७ विकास आयुक्त                              -सदस्य सचिव

१३.२ नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उपदफा १३.१ बमोजिमका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
१३.३ समितिको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।
१३.४ समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
१३.४.१ भौतिक विकास योजनाको तर्जुमा तथा कार्यान्वयन सम्बन्धी नीति निर्धारण गर्ने,
१३.४.२ भौतिक विकास योजनालाई अन्तिम रूप दिने,
१३.४.३ भौतिक विकास योजना अन्तर्गतका कार्यक्रमहरूको प्रगति समीक्षा र मूल्याङ्कन गर्ने,
१३.४.४ प्राधिकरणको वार्षिक बजेट र विनियमावलीहरू स्वीकृत गर्ने,
१३.४.५ सञ्चालक समितिलाई अन्य आवश्यक निर्देशन दिने ।